प्लाष्टिकको झोलामा शिशुको शव फेला



मेरो प्रदेश सम्वाददाता
धनुषा
जनकपुरधाममा एक नवजात शिशुको शव बिच बाटोमै प्लाष्टिकको झोलामा बेरेर फालेको फेला परेको छ ।


जनकपुरधाम उपमहानगरपालिका ६ र १० कोबीच स्थित हस्पिटल रोड जाने बिच बाटोमै मंगलबार बिहान प्लाष्टिकको झोलामा पोको पारेर काठको डब्बामा हालेर फालिएको शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।

शिशु अवैध सम्बन्धबाट जन्मिएकोले कसैले फालेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

फालिएको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको र शव फाल्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button