नेपालमा कोरोना भाइरसबाट थप २७ सङ्क्रमित सङ्क्रमितको सङ्ख्या ४०२ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसंख्मया मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार नेपालमा कोरोना भाइरसबाट पछिल्लो समय थप २७ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या ४०२ पुगेको छ । संक्रमित मध्ये २४ पुरुष र ३ महिला रहेका छन ।


हाल संक्रमित हुनेमा काठमाडौमा थप तीन, भक्तपुरमा एक र ललितपुरमा पहिलो पटक एकजनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी, झापामा ९, कपिलवस्तुमा ४, सर्लाहीमा २, मोरङमा १, सुनसरीमा १, रामेछापमा १, मकवानपुरमा १ , सिन्धुलीमा १, लमजुङमा १ र नवलपरासीमा १ संक्रमित भएका छन् । अहिलसेम्म नेपालका ३६ वटा जिल्लामा संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button