रौतहटमा हावाहुरीले टेलिफोनको टावर ढाल्यो, दर्जनौं घरको छाना उडायो



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटमा मंगलवार बिहान हावाहुरी संगै मएको बर्षाले दर्जनौं घरको छाना उडाउनुका साथै टेलिफोनको टावर समेत ढलाएको छ ।
हावाहुरीले जिल्लाका बिभिन्न ठाउँमा रुख र बिजुलीको पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ ।
मंगलवार बिहानै आएको हावाहुुरीले जिल्लाको पूर्वीभेग दुुर्गा भगवती गाँउपालिका १ गंगापिपरा बजारमा रहेको नेपाल टेलिकमको टेलिफोन टावर ढलाएको हो ।
एकाबिहानै टेलिफोन टावर ढलेको कारण नेटवर्क नहुँदा दुुर्गाभगवती गाँउपालिकालगायत आसपासका हजारौं मानिसले सञ्चार सम्पर्कको समस्या भा्ग्नु परेको छ ।
हावाहुरीले वडा ३ का देवेन्द्र चौधरीको घरको छाना उडाएको छ । त्यसैगरी हावाहुरीले दुुर्गाभगवती गाँउपालिका वडा १,२,३,४,र ५ मा दर्जनौ घरको छाना उडाउनुुका साथै दर्जनौ रुखढलेको प्रहरीले जनाएको छ ।


हावाहुुरीकै कारण जिल्ला प्रहरी कार्यालय रौतहटको जवान बस्ने ब्यारेक भवनको छाना समेत उडाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताएका छन् ।

हावाहुुरीबाट कुनै मानवीय क्षती भएको छैन तर जिल्लामा भएको अन्य क्षतीबारे बिवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उता हावाहुरीबाट कटहरिया नगरपालिका र बौधीमाई नगरपालिका स्थित केही बिद्युतको पोल ढलेकाले बिद्युत सेवा अवरुद्ध बनेको छ ।

नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख शक्ती साहले ढलेको पोलको ठाँउमा अर्को पोल गाड्ने काम भइरहेकाले बेलुकीसम्म बिद्युत लाइन सुचारु ह्ुँने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button