जेठ २० गतेसम्म बारामा निषेधाज्ञा



मेरो प्रदेश सम्वाददाता
बारा
प्रदेश २ को बारा, पर्सा र रौतहट जिल्लामा कोरोना संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ ।


सुरक्षा समितिको सोमबार बसेको बैठकले मंगलबार बिहान ६ बजेदेखि जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
बैठकले संक्रमित बिरामीकोे संख्यालाई ध्यानमा राख्दै पर्सा र रौतहट जिल्लाबाट कार्यालय तथा अन्य कामकाजकालागी बारा जिल्ला आउन समेत रोक लगाउने निर्णये गरेको छ ।

जिल्लाका अत्यावश्यक सेवाहरु स्वास्थ्य, विद्युत, सञ्चार, खानेपानी, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्सस कृषि उपज तथा उत्पादन माछा, कुखुरा, मल र बिउका व्यवसाय भने खुल्ला रहने छन् । त्यसैगरी औद्योगिक कच्चा पदार्थ बोक्ने ढुवानीका साधनलाई भने सवारी पास आवश्यक पर्ने छैन । जिल्ला भित्रका
वाणिज्य बैंकहरु आलोपालो गरेर खोल्ने व्यवस्था गरीने निर्णय गरीएको छ ।
संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जिल्ला भित्र मात्र लागू हुने गरी सिकिस्त बिरामी, अति जरुरी काम बाहेक अरु प्रयोजनका लागि पास जारी नगर्ने निर्णय बैठकले गरेको छ ।
भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावत ठप्प पार्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button