नेपालमा चार पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार निकालेको प्रेस बिज्ञप्ती अनुसार नेपालमा चार पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण हुनेमा बाराको करैयामाई–५ निवासी एक जना पर्सामा दुई जना तथा धनुषामा १ जना पत्रकारमा कोरोनाभाइरस संक्रमण देखिएको हो संक्रमित पत्रकार चारैजना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
बाराका ३८ वर्षीय पुरुष कलैयास्थित संस्कार एफएममा कार्यरत रहेका थिए । चारैजना पत्रकार प्रदेश २ मा कार्यरत रहेको बताईएको छ ।