कोरोना भाइरस संक्रमण देखिएको पत्रकारको सम्पर्कमा आएका धनुषाका पत्रकारको स्वाब संकलन



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषामा कोरोना भाइरस संक्रमण देखिएको पत्रकारको सम्पर्कमा आएका धनुषाका पत्रकारको आज स्वाब संकलन गरिएको छ ।


नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रले धनुषाको जनकपुरधाम उपमहानगरपालिकाभित्र गत बिहीबार कोरोना संक्रमण भेटिएका पत्रकार र पसल व्यवसायीको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिएको जानकारी दिए ।

कोरोना भाइरसको महामारीको समयमा समेत अग्रपंक्तिमा रही काम गर्ने पत्रकारमा संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङका आधारमा ३० जनाको स्वाब परीक्षण गरिएको बताइएको छ । पत्रकार महासंघ धनुषाको आयोजना तथा नेपाली सेना महेन्द्रनगर रणभीम गणको सहयोगमा प्रादेशिक अस्पताल जनकपुरधामको प्राविधिक प्रयोगशालाको टोलीले कन्ट्रयाक्ट ट्रेसिङबाट आएकाहरुको स्वाब परीक्षण गरेको हो ।

संक्रमितको सम्पर्कमा आएका र घरपरिवार, कार्यरत टेलिभिजन तथा पत्रकार महासंघको सम्पर्कमा आएकाको थ्रोट र नोजल स्वाब संकलन गरिएको प्रयोगशाला प्रमुख रामविनय साहले जानकारी दिए । महासंघले कोरोना महामारीका समयमा संक्रमणको जोखिम उठाएर जनतालाई सुसूचित गराउन जुटेका पत्रकारमा संक्रमण देखिएपछि दोहो¥याएर परीक्षण गराउनुपरेको प्रदेश २ का जनस्वास्थ्य वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button