मोटरसाइकलमा प्रेस लेखेर हतियार सहित डुल्ने दुई जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीमा प्रेस लेखेको मोटरसाइकलमा हतियार बोकेर डुलिरहेका दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ् । पक्राउ पर्नेमा बिष्णु गाउँपालिका ३ घर भएका २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिहका १९ बर्षीय अनिश साह रहेका छन ।


हतियारसहित डुलिरहेका उनिहरुलाई गोप्य सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको संयुक्त प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली, अर्को चाइनिज पेस्तोल एक थान, त्यसको म्यागेजिन र ५ राउण्ड गोली बरामद भएको डिएपी मदन कुँवले जनाकारी दिए ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरीएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो ।

उनका अनुसार बिष्णु गाउँपालिका ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट बीआर ३० एम ६७८७ नम्बरको प्रेस लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button