पृतनापति र चिकित्सकमा कोरोना संक्रमणपछी बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना सिल



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली सेनाका मध्यपूर्वी पृतना बर्दिवासका दुई जनामा शनिबार
कोरोना भएको पुष्टि गरेपछी
महोत्तरीको बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना सिल गरिएको छ।
संक्रमित हुनेमा सेनाका एक जना चिकित्सक र अर्का एकजना पृतनाका पृतनापति अधिकारी रहेको खुलेको छ।


दुई जनामा कारोना संक्रमण देखिएपछि ब्यारेक सिल गरी कन्ट्यक्ट ट्रेसिङको काम भइरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। संक्रमित चिकित्सक कोरोनाको स्वाब संकलन कार्यमा खटिएका थिए।
कोरोना पुष्टि भएपछि शनिबार नै दुबै जनालाई उपचारको लागि काठमाडौं लगेर बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालको आइसोलेसनमा उपचार भइरहेको उनले बताएका छन्।

संक्रमित नेपाली सेनाका चिकित्सक प्रदेश २ का विभिन्न जिल्लाको क्वारेन्टिनहरुमा पुगेर स्वाब संकलनको कार्यमा खेटेको प्रमुख जिल्ला अधिकारी खत्रीको भनाइ छ।
‘ उनका अनुसार संक्रमित पृतनापतिले चिकित्सकसँग नियमित उठबस, भेटघाट तथा हिँडडुल गर्ने गरेका थिए। दुबैजनालाई कहाँ संक्रमण भयो भन्ने कुरा अहिलेसम्म खुलेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button