जनकपुरको धनुषसागरमा पुरुषको शव फेला

मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषाको जनकपुरधामस्थित धनुष सागरमा आइतबार बिहान एक पुरुषको बेवारीसे शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको छ ।
बेवारीसे शवलाई धनुष सागरबाट प्रहरीले निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ ।
धनुषसागरमा भेटिएको पुरुष अन्दाजी ३५ वर्षको जस्तो देखिएका छन । पानीमा शव तैरिरहेको अवस्थामा फेला परेको हो ।
घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।