जनकपुरको एक सुनचाँदी पसलमा चोरी



मेरो प्रदेश सम्वाददाता
धनुषा
जनकपुरको एक सुनचाँदी पसलमा चोरी भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकस्थित श्याम साहले सञ्चालन गरेको महावीर ज्वेलर्सबाट छतको भेन्टिलेसन फोडेर लाखौ मूल्य बराबरको गरगहना तथा रुपैँया पैसा चोरी भएको प्रहरीले जनाएको छ


पसल संचालक साहले शनिवार दिउँसो छतको भेन्टिलेशन फुटेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सानो आकारको भेन्टिलेसनमा बच्चा मात्रै प्रवेश गर्नसक्ने देखिएकाले चोरीमा बच्चाको प्रयोगभएको आशंका गरिएको छ ।

घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button