नेपाली सेनाको मध्यपूर्वी पृतना बर्दिवासका दुईजनामा कोरोना संक्रमण



महोत्तरीको बर्दिवास नगरपालिका स्थित नेपाली सेनाको मध्यपूर्वी पृतनामा कार्यरत दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार थपिएका कोरोना भाईरस संक्रमित महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक नेपाली सेनामा कार्यरत रहेका नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन ।
उनीहरुलाई एम्बुलेन्समार्फत काठमाडौं लैजाने तयारी भईरहेको र काठमाडौं लगीसकेपछि सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा राखिने सेनाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button