कुटपिट घटना नियन्त्रणमा लिन गएका प्रहरीमाथि आक्रमण



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटको कटहरिया नगरपालिका–८ पोखरियामा दलित महिलालाई कुटपिट भईरहेको घटनालाई नियन्त्रण गर्न गएका प्रहरी टोली माथि आक्रमण भएको छ । पोखरियामा शुक्रवार राति एकजना दलित महिलालाई केही स्थानीयले कुटपिट गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी सहायक निरीक्षक सुरेन्द्र सिंहको कमाण्डमा प्रहरी टोली घटना स्थल पुगेको थियो ।


पोखरियामा केही मानिसले महिलालाई कुटपिट गरेर अचेत बनाएको र प्रहरी पुग्दापनि कुटपिट जारी राखेकाले हवलदार रंजित यादवले कुटपिट गर्ने एकजनालाई
नियन्त्रणमा लिएलगत्तै झण्डै दुईदर्जन मानिसको समुहले प्रहरीको हातको लाठी खोसेर एकैपटक प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमण गरे लगत्तै गाँउलेहरुले प्रहरीमाथि ढुंगा मुढासमेत गर्दा स्थिती नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय गरुडाबाट थप मद्दत लिएर घटनामा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा कटहरिया ८ का बर्ष २५का श्रीचन साह, ३२ का बच्चेलाल साह, ३७ का लालबाबु ठाकुर र ६० का प्रतापबिक्रम साह रहेका छन । आक्रमणमा इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी सहाययक निरीक्षक सुरेन्द्र सिंह, हवल्दार रामचन्द्र तिवारी र प्रहरी जवान रंजित यादवलाई चोटपटक लागेको छ । कुटपिटबाट घाइते भएकी महिलाको कटहरियास्थित अस्पतालमा उपचार भइरहेको र घटनाबारे प्रहरीले अनुसन्धान गरीहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button