अस्पतालबाट भाग्ने कोरोना बिरामीमाथि गोली चलाउने निर्णय संशोधन



मेरो प्रदेश सम्वाददाता
पर्सा
कोरोना संक्रमणको बिरामी अस्पतालको आइसोलेसनबाट भागेमा त्यस्ता बिरामीलाई पक्राउ गर्न सुरक्षाकर्मीले गोली समेत चलाउन सक्ने निर्णयको नागरिक र सरोकारवालाहरुले चर्को विरोध गरेपछि जिल्ला संकट व्यस्थापन समिति पर्साले गोली समेत चलाउन सकिने निर्णयलाई संशोधन गरेको छ ।


गोली चलाउने निर्णयको चर्काे विरोध भएपछि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले विज्ञप्ति जारी गर्दै सो निर्णय संशोधन गरेका हुन ।

विज्ञप्तिमा अब उप्रान्त भर्ना भएका संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ मा भएको व्यवस्था बमोजिम आवश्यकता अनुसार बल प्रयोग गर्दै नियन्त्रणमा लिने । विज्ञप्ती उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button