सिरहाबाट लागुऔषध गाँजासहित दुई जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहाबाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन पक्राउ पर्नेमा सिरहा नगरपालिका– १० पदमपुरका ६५ वर्षीय लक्ष्मी पासवान र सिरहा नगरपालिका–१२ सारस्वरका ४० वर्षीय मोहम्मद अलाउद्दिन मियाँ रहेका छन् ।


गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गाँजासहित दुबै जनालाई गोलबजार नगरपालिकास्थित बल्कवाबाट पक्राउ गरेको हो । पासवानले बोकेको झोला जाँच गर्दा झोलाभित्र लुकाइछिपाइ राखेको ३०० ग्राम गाँजा र शरीर खानतलासी गर्दा मियाँको पाइन्टको गोजीबाट ५० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button