लकडाउनको समयमा रसायनिक मलको कालोबजारी गर्ने धरौटीमा छुटे



मेरो प्रदेश सम्वाददाता
सिन्धुली
कालोबजारी गरेको आरोपमा पक्राउ परेका
सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित बागवानी कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक डुकेन्द्र दाहाल जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आदेशमा एक लाख ७० हजार धरौटीमा छुटेका छन ।


लकडाउनको मौका छोपी रसायनिक मलको कृत्रिम अभाव गरेर मूल्यवृद्धि गरी कालोबजारी गरेको आरोपमा दाहाललाई प्रहरीले गत वैशाख २४ गते पक्राउ गरेको थियो ।

वैशाख ३१ गते धरौटीको रकम जम्मा गरेपछि दाहाललाई छाडिएको हो ।
नेपाल सरकारबाट सिन्धुलीका कृषकलाई बिक्री गर्न अनुदानमा ल्याएको युरिया मलको मूल्यवृद्धि गरी बेचेको र जिल्लाका किसानलाई बिक्री नगरी रामेछापको एक सहकारीलाई बैच्दै गरेको अवस्थामा प्रहरीले सञ्चालक दाहाललाई पक्राउ गरेको थियो । ‘सहकारीलेनैे युरिया मलको कालोबजारी गरेको गुनासो किसानबाटै आएपछि प्रहरीले सहकारीमा छापा मारेर अनुदानमा आएको ५० केजीका ८४० बोरा युरिया मल र सहकारीका सञ्चालक दाहालले सिन्धुली जिल्लाका कृषकलाई बिक्रीवितरण नगरी १७० बोरा युरिया मल प्रगतिशील कृषि सहकारी संस्था रामेछापलाई
पठाउने तयारी गरिरहेको अवस्थामा ना७ख ९२४८ नंको ट्रकबाट ४२० बोरा, ना५ख ५१९ नंको ट्रकबाट २५० बोरा, ना७ख ३६६७ नंको ट्रकबाट दुई बोरा एसएसपी सिङ्गल फोस्टेट नामक डिएपी मल र ना६ख ७४७२ नंको ट्रकबाट ५५ बोरा एसएसपी फोस्टेट नाम डिएपी मलसमेत बरामद गरी सहकारीको गोदाम समेत सिल गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button