उदयपुरमा चट्याङ लागेर एकजनाको मृत्यु



उदयपुर
उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जङ्गलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा घर नजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


चटयाङले सुनुवारको छाती डढेको छ । गाईवस्तु साँझ घर पुगे पनि सुनुवार खोलामै मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले जानकारी दिए । मृतकको शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको बताईएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button