ट्रकको ठक्करबाट स्टाप नर्सको मृत्यु



विजय साह
ढल्केवर (धनुषा)


धनुषाको पुष्पवलपुरमा ट्रकको ठक्करबाट स्टाप नर्सको मृत्यु भएको छ । पुष्पवलपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत बर्ष २२ की चन्द्ररेखा यादवको ट्रकको ठक्करबाट मृत्यु भएको हो । उनको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले बताए ।

बिहिबार दिउँसो करिब ४ बजेति पूर्वबाट पश्चिमतर्फ आइरहेको को.१ ख २६२७ नम्बरको मालबाहक ट्रकले मृतक सवार रहेको बा.५२ प ८६४८ नम्बरको मोटरसाइकललाई पुष्पवलपुरचौकमा ठक्कर दिइएको थियो ।

ठक्करबाट जनकपुर उपमहानगरपालिका वडा नं. १० जमुनिया बस्ने बर्ष २० को मोटरसाइकल चाकल सिदार्थ यादव, मृतक चन्द्ररेखाको ४ बर्षिय छोरी माही यादव, नाम नखुलेको २ बर्षिय छोरा सख्त घाइते रहेको छ । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रनि कार्कीले ट्रक चाकल र सहचालकलाई नियन्त्रणमा राखिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button