सहिदनगरमा स्वास्थ्य बाहेक सबै सेवा बन्द,लकडाउनमा कडाई,

मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ मा कोरोना संक्रमण बढ्दै गएकाले कोरोना संक्रमणबाट जोगिन धनुषाको सहिदनगरपालिकामा लकडाउनलाई थप कडा पारीएको छ । कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै सहिदनगर नगरपालिकाले स्वास्थ्य सेव बाहेकका अन्य सबै सेवा बन्द गर्ने घोषणा गरेको हो ।
नगरप्रमुख उदयकुमार बरबरियाले आज एक विज्ञप्ती जारी गर्दै कोरोना जोखिमबाट जोगिन कडाइका साथ लकडाउनको पालना गर्न अति आवश्यक भएकाले नगरपालिकाका स्वास्थ्य सेव बाहेक सम्पूर्ण कार्यालय बिहीबारदेखि जेठ ५ गतेसम्मका लागि बन्द गरीएको जानकारी दिए ।