खानेपानीको महसुल चर्काे भएपछी स् १० हजार युनिट सम्मको २ सय रुपैयाँ लिन सुझाव



मेरो प्रदेश सम्वाददाता
सर्लाही


सर्लाहीको लालबन्दीकै गौरबको आयोजनाको रुपमा लिइएको खानेपानी आयोजनाले वितरण गरेको खानेपानीको महशुल ज्यादै नै महँगो भएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछी सर्लाहीको लालबन्दीमा हिजो (वुधवार) सर्वपक्षिय छलफल गरिएको छ ।
छलफलमा पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठ, प्रदेश सभा सदस्य बेची लुंगेली, नगरका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र अन्य सरोकारवालाहरु सहभागी भएका थिए । सहभागीहरुले नागरिकलाई मार नपर्ने गरी खानेपानीको न्युनतम महशुल १० हजार युनटिसम्मको २ सय रुपैयाँसम्म लिन सुझाव दिएका छन ।

छलफलले यसबारेमा नगरप्रमुख, उपप्रमुख र दलका प्रतिनिधि बसेर अन्तिम रुप दिन सुझाव दिएकोले आज (बिहिवार) उनीहरुसँग छलफल गरीने लालबन्दी खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष बासुदेव अधिकारीले जानकारी दिए । लालबन्दी नगरपालिका अन्तर्गत साबिकको लालबन्दी, पत्थरकोट र जब्दी गाविसमा खानेपानी वितरण गर्ने लक्ष्य लिइएको यस आयोजनाको हालसम्म ९६ प्रतिसत काम भइसकेको छ । उच्च भागमा पर्ने वडा नं. १२ र १३ पत्थरकोट क्षेत्रबाहेक अन्य वडामा केही महिना अघिदेखिनै धारा जडान गरेर पानी वितरण गर्न थालिएको छ ।

कुल ८७ करोड ६४ लाख ३३ हजार ६ रुपैयाँ अनुमानित लागत रहेको आयोजनाको काम गर्ने ठेकेदारलाई हालसम्म ७५ करोड ८० लाख ५० हजार ३ सय ५० रुपैयाँ भुक्तानि गरिएको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button