नारायणी अस्पतालबाट भागेका कोभिड १९ दुवै संक्रमित पक्राउ

मेरो प्रदेश सम्वाददाता
पर्सा
वीरगञ्जस्थित नारायणी अस्पतालको शौचालयबाट बुधबार साँझ हाम फालेर भागेका दुवैजना कोभिड १९ संक्रमित पक्राउ परेका छन् ।
दुबै संक्रमितमध्ये विन्दवासीनी गाँउपालिका घर भएका राजनाथ यादवलाई प्रहरीले बुधबार साँझ नै नियन्त्रणमा लिएर फेरि आइसोलेसन वार्डमा राखिसकेको छ ।
अर्का संक्रमित वीरगन्ज १६ का जाबेद मियालाई बुधबार राति मावलीबाट प्रहरीले पक्राउ गरेकोे छ । अस्पतालको आइसोलेसन वार्डबाट भागेका उनी पहिला घर अनि त्यसपछि त्यहाँबाट पनि भागेर हरिहरपुरस्थित मावली घरमा पुगेको
पर्सा प्रहरीकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिईन मियालाइ साइकलमा राखेर मावली पुर्याउने एक व्यक्तिसहित ५ जनालाई क्वारेन्टाइनमा राखिएको बताईएको छ ।