दिलीप ठाकुरको हत्या गरी फरार भएका आरोपी पक्राउ

मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीको गौशाला नगरपालिका–५ घर भएका २५ वर्षीय अरुणकुमार साहलाई बुधवार प्रहरीले पक्राउ गरेको छ ।
शाहले उनकै छिमेकी गौशाला नगरपालिका –४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुरको हत्या गरी फरार भएको तीन दिनपछि बुधबार प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जनकारी दिए । साह र ठाकुर गत आइतबार (वैशाख–२८ गते) दिउँसो गाउँकै एक घरबाट घरेलु मदिरा पिएर मातेपछि एक आपसमा मुखामुख गर्दै मकैबारीमा पसेका थिए । दुबै जनामा भनाभन बढ्दै जाँदा साहले हातमा बोकेको बाँसको लठ्ठीले ठाकुरलाई हान्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै फरार भएका साहलाई इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीकोे टोलीले घटनाको तीन दिनपछि प्रक्राउ गरेको बताईएको छ ।