प्रदेशिक अस्पताल जनकपुरका डाक्टर बलात्कार आरोपमा पक्राउ

मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत एक डाक्टर पटक पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।पक्रउ पर्नेमा प्रादेशिक अस्पताल जनकपुरका फिजियो थेरापी ३५ वर्षका डा. राजेश मण्डल रहेका छन । झापा घर भएकी एक २८ वर्षीया महिलाको उजुरीको आधारमा मंडललाई प्रहरीले पक्राउ गरेको हो ।
जनकपुर बस्दै आएकी ती महिलाले आफुलाई पटक पटक जवरजस्ती करणी गरेकोे जाहेरी बैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएकी थिइन् । सोहि दिन डाक्टर मण्डललाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।