जनकपुरका पत्रकारमा कोरोना संक्रमण पुष्टि



मेरो प्रदेश सम्वाददाता
धनुषा
ज्नकपुरका एक जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । बीरगंजका दुई पत्रकारमा कोरोना संक्रमण भएको एक दिन नबित्दै जनकपुरधामका ४० वर्षीय पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।


पत्रकारसँगै जनकपुरधामका एक जना पुस्तक व्यवसायी पनि संक्रमित भेटिएका छन् । ती दुवै जनालाई प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको बताईएको छ ।
संक्रमित पत्रकार मुटुको बिरामी हुन् । उनले जनकपुरभन्दा बाहिर आफू कतै नगएको बताए । उनले आफू कार्यरत संन्चार संस्थाको कार्यालय र पत्रकार महासंघको कार्यालयमा मात्र आउ(जाउ गर्ने गरेको बताए ।

यसअघि मंगलबार वीरगञ्जका दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्जका दुवै पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button