धनुषा र महोत्तरीका चारै संक्रमितलाई उपचारकालागी जनकपुर लगिदै



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
मंगलबार धनुषा र महोत्तरीमा भेटिएका ४ जना कोरोना संक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल जनकपुर ल्याउने तयारी भईरहेको छ ।


धनुषाको मिथिला नगरपालिका १० लालगढकी २० वर्षीया युवती र जनकपुरधाम उपमहानगरपालिकाका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ । यस्तै महोत्तरीको  महोत्तरी गाउँपालिका ३ डामीका ३५ वर्षीय  पुरुष,बलवा नगरपालिकाका १६ वर्षीय किशोर छन् । महोत्तरीका ३५ वर्षीय पुरुष जनकपुरधाममा औषधि ब्यवसाय गर्दै आएका छन् भने १६ वर्षीय किशोर जलेश्वर बस्दै आएको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button