लिपुलेक नेपालको भुमि हो भन्दै नेविसंघद्वारा फूलजोरमा विरोध प्रदर्शन



मेरो प्रदेश सम्वाददाता
सर्लाही
नेपाली भूमि लिपुलेक अतिक्रमण गरेर भारतले मानसरोवर जाने सडक उद्घाटन गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्याथी संगठन नेपाल विद्यार्थी संघले सर्लाहीको फूलजोर स्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान विरोध प्रदर्शन गरेको छ ।


नेविसंघ सर्लाही र जनज्योति बहुमुखी क्याम्पस ईकाई कमिटी लालबन्दीको संयुक्त आयोजनामा विरोध सो प्रदर्शन गरिएको नेविसंघ सर्लाहीका नेता विश्वामित्र रिजालले जानकारी दिए ।
कालापानी–लिपुलेक–लिम्पियाधुरा हाम्रो हो, भारतीय दादागिरी बन्द गर हाम्रो भूमि फिर्ता गर जस्ता नारा अंकित प्लेकार्ड बोकेर विद्यार्थीहरुले नाराबाजी सहित राजमार्गमा विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा नेविसंघ नेताहरु योगराज देवकोटा, मनोज बख्रेल, कृष्ण कार्की, विकास चिमोरिया सहित कांग्रेस केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, क्षेत्रीय सभापति प्रमोद बराल, लालबन्दी नगर सभापति प्रशान्त आचार्य लगायत पार्टी नेताहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button