सिन्धुलीमा जिपको ठक्कबारबाट एक जनाको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
सिन्धुली
सिन्धुलीमा जिपको ठक्कबारबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा कमलामाई नगरपालिका–८ बसतपुर बस्ने ५२ वर्षीय रणवहादुर सुनुवार रहेका छन् ।


मंगलबार डुमरियास्थित सडकमा पैदल हिँडिरहेको बेलामा मे.१ ज १५४३ नम्बरको जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनुवारलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लैजाने क्रममा बाटोमै मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button