वीरगञ्जका चारजना पत्रकारमा कोरोना संक्रमण पुस्टि



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्साको वीरगञ्जका चारजना पत्रकारमा कोरोना संक्रमण पुस्टि भएको छ । मङ्गलबार एकै दिन वीरगञ्जका ३९ जनामा कोरोना पोजेटिभ देखिएकामध्ये चारजना पत्रकार रहेको


नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
वीरगञ्जबाट प्रसारित एक एफएममा कार्यरत पत्रकार र एक जना समाचार अनलाईन पोर्टलमा कार्यरत र दुईजना अन्य सञ्चार गृहमा कार्यरत पत्रकार रहेका छन ।
वीरगञ्जका पत्रकार तिवारी यादवलाई पर्सा प्रहरीले दुरव्यवहार गरेको विरोधमा वीरगञ्ज भरीका पत्रकारहरू सोमबार र मंगलबार वीरगञ्जको घण्टाघरमा धर्ना दिएका थिए भने मंगलबार नै पत्रकारहरुको टोलिले धर्नापछि जिल्ला प्रशासन कार्यालय पर्सामा गई पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।

धर्ना दिँदा र ज्ञापनपत्र बुझाउँदा संक्रमण देखिएका चारै जना पत्रकारहरू पनि सहभागी रहेकाले वीरगञ्जका सबै पत्रकारहरू त्रसित भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button