दिलिप हत्या भएकै ठाउँबाट पुनः उत्खनन, स्थानीयले रोक लगाए



विजय साह
ढल्केवर (धनुषा)
पर्यावरण अभियन्ता दिलिप महतोको हत्या भएकै ठाउँबाट पुनः अवैध उत्खनन हुन थोलेपछि स्थानीयले अबरोध गरेको छ ।


धनुषाको मिथिला नगरपालिका वडा नं.५ श्रीपुर र वडा नं. ३ हरिहरपुरको सीमा क्षेत्रमा पर्ने औरही नदीबाट अवैध उत्खनन भइरहेको भन्दै स्थानीय बासीले अबरोध गरेका हुन् ।

उत्खनन भइरहेको ठाउँबाट करिब २ सय मीटर उत्तरमा गत पुष २५ गते पर्यावरण अभियन्ता दिलिप महतोको क्रुरुरतापूर्वक हत्या गरिएको थियो ।

मंगलबार बिहान हरिहरपुर र श्रीपुरका जनता उत्खनन स्थल औरही नदी पुगेर ग्राभेल खन्न प्रयोग गरिएको २ वटा स्काइभेटर नियन्त्रणमा लिदैं ग्राभेल उठाउन रोक लगाएको छ ।

ठेकेदार पक्षले नदी क्षेत्रबाट नभई नम्बरी जग्गाबाट उत्खनन गरेकाले अबरोध गरेको स्थानीय बासीले बताए । स्थानीय बासीकाअनुसार औरही खोलामा आउने बर्षे बाढीको भेलले खेतियोग्य जमिन कटान गरेपछि खोलामा परिणत भएको हो । नदीको जग्गा ३० फिट चौडाई मात्र रहेको र नदीको दुबै पट्टी बाँकी जमिन नम्बरी भएको दाबी स्थानीयको छ ।
ठेकेदार पक्षका राजु गुप्ताले कुनै पनि प्रकारको अवैध उत्खनन नगरेको बताउँदै मिथिला नगरपालिकाबाट प्रकृयागत ढङ्गबाट पाएको ठेक्काको शर्त बमोजिम नै ग्राभेल उठाउने गरेको बताए ।

स्थानीयबासीलाई सम्बन्धमा कुनै बिवाद भए सम्बन्धीत नगर प्रतिनिधि तथा सरोकारबाला निकायसँग समन्वय र वार्तालापबाट निकास खोज्नुपर्ने ठेकेदार गुप्ता जानकारी दिए ।

अवैध उत्खननको हवाला दिर्दै ओरही खोला पुगेका हरिहरपुरका राधेश्याम महतो भने ‘टेन्डर फेन्डर बुभ्mदै नौ’, ‘यो सरासर अवैध हो’ यो रोकिनु पर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button