सर्लाहीमा करेन्ट लागेर एक जनाको ज्यन गयो



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीमा करेन्ट लागेर सोमबार बिहान एक जनाको ज्यन गएकोे छ । ज्यान जानेमा लालबन्दी नगरपालिका वडा नं. १ नवलपुर घर भएका कृष्ण बहादुर गोले रहेका छन ।
श्रीमती र एक आफन्तसँग घर नजिकै रहेको नन्देश्वर सामुदायिक वन क्षेत्रमा दाउराको काटन गएका गोलेले रुखको सुकेको हाँगामा बाँसको लठी लगाएर भाच्ने क्रममा रुखको हांगामा ३३ केभी हाईटेक पावरका बिद्युत प्रसारण लाईनको तारमा पर्न गई करेन्ट लागेर गोलेको ज्यान गएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । करेन्ट लागेर अचेत भएका उनको उपचारको लागि नमुना अस्पताल हरिवनमा पु(याउर्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।


मृतक गोलेको शव मलंगवा अस्पतालमा पोस्टमार्टम पश्चात परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button