महोत्तरीमा एक जनाको शव हत्या गरेर फालिएको अवस्थामा फेला



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा एक जनाको शव हत्या गरेर फालिएको अवस्थामा फेला परेको छ ।
आइतबार बिहान आफन्तको घर गएका गौशाला नगरपालिका(४ बिर्ताका ४५ वर्षीय दिलीप ठाकुरको हत्या गरिएको अवस्थामा बिर्ता बस्तीकै मकै बारीमा शव फेला परेको महोत्तरी प्रहरीले जनाएको छ ।
शव सोही दिन साँझ फेला परेको र
ठाकुरको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ । हत्याराले टाउकोमा काठको चिरपट प्रहार गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि जलेश्वर अस्पताल लगिएको र घट्नाबारे अनुसन्धान भईरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button