प्रहरीद्वारा पत्रकारमाथि धरपकड

मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्साका पत्रकार तिवारी यादवलाई प्रहरीले पक्राउ गरेको छ । नियमित कामको सिलसिलामा नारायणी एफएम पुगेका यादवलाई गेटमा राखेको मोटरसाइकल हटाउन पुगेका प्रहरीले दुव्र्यवहार गरी लछारपछार पारेको प्रत्यक्षदर्शीले बताएका छन्। यादवको मोटरसाइकल हटाउन भन्दै प्रहरीले यादवमाथि अश्लील गालीगलौज गरेको नारायणी एफएममा कार्यरत कर्मचारीले बताएका छन्।
एफएम गेटछेउको सडकको पेटीमा राखेको मोटरसाइकल हटाउन खोज्दा प्रहरीले गाडीमा राखेर लगेको बताईएको छ । यादव नयाँ पत्रिका राष्ट्रिय दैनिकका जिल्ला संवाददाता तथा नारायणी एफएममा कार्यरत छन ।
यसैगरी पर्साका प्रहरी नायव उपरिक्षक वीरेन्द्रबहादुर शाहीले सबै एकै ठाउँमा बसेर काम गर्ने क्रममा कहिलेकाहीँ मिस अन्डर स्टान्डिङ भएको हुन सक्ने र यस्लाई एक आपसमा बसेर के भएको हो ? कुरा मिलाउनु पर्छ भनेका छन ।