मलंगवामा दैनिक उपभोगका पसलदेखि स्टेशनरी दुई घण्टा खोल्न दिने निर्णय



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाही सदरमुकाम मलंगवा बजारमा आईतवार देखी दैनिक उपभोगा ,माछामासु , स्टेशनरी पसल लगायतका पसलहरु दैनिक २ घण्टा खोल्न अनुमति दिइएको छ ।
शनिवार जिल्ला स्तरीय क्राईसिस मेनेजमेन्ट सेन्टरको बसेको बैठकले हरेक दिन साँझ ५ बजेदेखि ७ बजेसम्म सामाजिक दूरी कायम गर्दै खाद्यान्न, माछामासु, फलफूल तथा तरकारी, कृषि बीउबिजन र पाठ्यपुस्तकको बिक्री वितरण गर्न पसल खोल्न दिने निर्णय गरेको हो ।


बैठकले औषधि, ग्याँस र दुध तथा दुधजन्य पदार्थको बिक्री वितरण गर्ने पसललाई भने आवश्यकता अनुसार खोल्न दिने निर्णय गरेको मलंगवा नगरपालिकाका मेयर निरसल साहले जानकारी दिए ।

त्यसैगरी जिल्लाका अन्य पालिकाहरुलाई पनि अहिलेको उपयुक्त समय तोकेर अत्यावश्यक वस्तुको बिक्री वितरणगर्ने व्यवस्था मिलाउन आग्रह गर्ने निर्णय गरेको छ । शनिवारबाट नै सर्लाहीको दक्षिण–पश्चिम भेगको प्रमुख व्यापारिक केन्द्र बरहथवा बजारमा पनि बिहान ८ः३० बजेसम्म खाद्यान्नको पसल खोल्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button