सिरहाको सीमा क्षेत्रमा ओहरदोहर रोक्न शसस्त्र प्रहरीको कडा गस्ती



विजय साह
सिरहा– भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरुलाई पूर्णरुपमा रोक लगाउन सिरहाको बरियारपट्टीमा शसस्त्र प्रहरीले कडा निगरानी गर्दै आएको छ ।


विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण फैलिन नदिन नेपाल सरकारले नेपाल–भारत सीमा नाकामा कडाइ गर्ने घोषणा गरेपछि यहाँ पनि शसस्त्र प्रहरीले कडा निगरानी बढाएको हो ।

बरियारपट्टी गाउँपालिका बडहरीस्थित शसस्त्र प्रहरी अस्थायी फरवार्ड बेस क्याम्पले भारतबाट नेपाल प्रवेश गर्ने यात्रुलाई पूर्ण रुपमा रोक लगाएको छ ।

शसस्त्र प्रहरी बल नेपाल बिओपी नवराजपुरका शसस्त्र प्रहरी निरीक्षक कञ्चन थापाले भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरुलाई पूर्णरुपमा रोक लगाएको बताए । ‘मुख्य सीमा नाका बाहेक अन्य नाकाबाट पनि प्रवेश नगरुन भनेर सीमा नाकामा गस्ती बढाइको छ ।’ दशजगा नजिकै नेपालीको बस्ती भएपनि उनीहरुलाई लकडाउनको पालना गर्न र भारततर्फ ओहरदोहर गर्नमा रोक लगाएको शप्रनि थापाले जनाए ।

शप्रनि थापाले यस बेस क्याम्प मातहतमा पर्ने पूर्वमा २४८ नम्बर पिलर कुसण्डी र पश्चिममा २५३ नम्बर छोटी कचनरीसम्म एक प्रहरीले अर्को प्रहरी देखिने (आई डिस्टेन्स) दुरीमा रहेर २४ औं घण्टा गस्ती गरिरहेको जानकारी दिए । उनले भारतबाट नेपाल प्रवेश गर्न लागेका केही व्यक्तिलाई सीमामै रोकेर भारतीय एसएसबीको जिम्मा समेत लगाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button