कोभिड १९ का कारण विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या ४० लाख नाघ्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


विश्वभरीनै महामारीको रुप लिएको कोभिड १९ बाट सङ्क्रमित हुनेको सङख्या ४० लाख नाघेको छ । विश्वमा कोरोनाका कारण ४० लाख ९७ हजार ७ सय सङ्क्रमित भएका छन् भने कोरोना भाईरसका कारण मृत्यु हुनेको सङ्ख्या २ लाख ८० हजार १ सय पुगेको छ ।

हालसम्म १४ लाख ३४ हजार ५ सय ३६ जना निको भएर घर फर्किएका छन् । अमेरिकामा पनि सङ्क्रमितहरूको सङ्ख्या बढेको छ । अमेरिकामा १३ लाख ४७ हजारका सङ्क्रमित भएका छन् भने ८० हजार ३२ जना मानिसको मृत्यु भएको छ । यसैगरी भारतमा कोरोना भाईरसबाट सङ्क्रमितहरू बढिरहेका छन् ।

भारतमा हालसम्म ६२ हजार मानिसमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । मृत्यु हुनेको सङ्ख्या २१ सय पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा १ सय १६ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button