अपाङ्ग तथा विपन्न परिवारलाई राहत वितरण



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सरकारले कोरोना संक्रमणबाट बच्न चैत्र ११ गत्ते देखि निरन्तर लागु गरेको लकडाउनले कष्टकर जिवनयापन गरीरहेका सर्लाहीको चन्द्रनगर गाउँपालिकाका ५२ परिवारलाई शनिवार राहत स्वरुप खाद्यान्न बितरण गरिएको छ ।
काठमाण्डौंमा रहेको छाँया नेपाल नामक गैरसरकारी संस्थाले सो गाउँपालिकाभित्रका सबै अपांगता भएका व्यक्ति र चुल्हो बल्नै गाह्रो परेका अति विपन्न परिवारहरुको पहिचान गरी ५२ परिवारलाई खाद्यान्न बितरण गरेको हो । राहतमा एक परिवार बराबर ३० किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, १ पोका नुन, एक थान झुल र एउटा डिटोल साबुन बितरण गरिएको चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जका सामाजिक अभियन्ता शिवनाथ राउतले जानकारी दिए ।
राउतले आफू अपाङ्ग भएपनि स्थानीय वासिन्दामा कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सचेतना फैलाउनेदेखि राहत वितरण गर्ने कार्यमा समेत जागरुकता देखाई रहेका छन् । सामाजिक अभियन्ता राउत, सहयोगी संस्था छायाँ नेपालका प्रतिनिधि राजेश साह र स्थानीय भद्रभलादमीको रोहबरोहमा बबरगञ्जमा जम्मा पारेर राहत बितरण गरिएको छ । राहत लिन आउन नसक्नेहरुलाई घर–घरमै पुगेर राहत वितरण गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button