धनुषाबाट २० किलो भन्दा बढी गाँजा बरामद



मेरो प्रदेश सम्वाददाता
धनुषा
सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गण हेडक्वार्टर धनुषाको टोलीले शुक्रबार राति जिल्लाको विदेह नगरपालिका ५ बाट
२० किलो ७ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।
एकराहीबाट सराबेतर्फ तीन जना व्यक्तिले लग्दै गरेको गाँजा ड्यूटिमा खटिएको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि गाँजाको पोका फालेर तिनै जना फरार भएको सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गण हेडक्वार्टर धनुषा
गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक निर्मल खड्काले जानकारी दिए ।


प्लाष्टिकले बेरिएको झोलाभित्र मेसिनले पेलेर प्याक गरिएको गाँजा बरामद भएको उनले बताए । बरामद गाँजाको बिषयमा आवश्यक प्रकृया पूरा गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाइने खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button