प्रदेश २ का संसद दिलिप साह किसानको समस्या बुझन खेत–खेतमा पुगे



मेरो प्रदेश सम्वाददाता
सिरहा
करोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले जारी गरेको लकडाउनका कारण प्रदेश २ का किसान समस्यामा परेका छन ।


लकडाउनका कारणले सिरहा र धनुषाको सिमानामा रहेको कमला नदीको बगरमा फलफुल र तरकारी खेती गर्दै आएका किसानको लाखौको लागतसमेत डुब्ने खतरामा रहेको छ ।

सिरहा जिल्लाका कमला नदीसँग जोडिएका बिभिन्न नगरपालिकाका किसानहरु कमलाको बगरमा बिभिन्न प्रकारका फलफुल तथा तरकारी खेति गर्दै आएका छन । कर्जन्हा, कल्याणपुर, सिराहा नगरपालिकालगायतका किसानहरु हजारौ बिगहामा लगाएका तरबुज र तरकारी अहिले बजारमा जानुपर्ने बेलामा बजार ब्यबस्थापन नभएर खेतमै कुहिने अबास्था सृजना हुँदा प्रदेश २ का संसद दिलिप साह किसानको समस्या बुझन किसानको खेत–खेतमा पुगेका छन् । खेतमा उत्पादित

तारबुजा, काँक्रों, करेला लगायतका तरकारी तथा फलफुल काठमाडौ र इटहरीसम्म पुग्ने गरेपनि यस वर्ष बिक्रि गर्न नसकेको कारण तिन महिना देखिको मेहनत, लगानी खेतमै नष्ट हुने स्थितिमा पुगेको समयमा

किसानका पीडा बुझदै संसद साहले भने, किसानहरुको लगानी डुब्ने तथा श्रणको भारी बोक्नु पर्ने अवस्था छ । तसर्थ, संघीय सरकार, प्रदेश २ सरकार लगायत सम्बन्धित सबै निकाय संग समयमै बजार ब्यबस्थापन र क्षतीको हिसाबले राहत उपलब्ध गरिदिन संसद साहले जोडदार माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button