आज विश्व रेड क्रस दिवस मनाईदै



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


रेडक्रसका संस्थापक हेनरी ड्युनाको १ सय ९२ औँ जन्म दिवसका अवसरमा आज विश्वभर रेडक्रस दिवस मनाईदै छ ।
तर कोरोना भाइरस संक्रमणको महामारीका कारण यो वर्ष विश्वभर रेडक्रस दिवस फरक किसिमले मनाउन लागिएको हो ।

लकडाउनको समयमा सेवा प्रवाहमा खटिएका स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गरी ताली बजाउनुहोस् भन्ने नाराका साथ नेपालमा यो दिवस मनाउन लागिएको हो ।

स्वयंसेकहरुको सम्मानमा सामाजिक सञ्जालमा तालीको सङ्केत दिने, अनुभवका कथा र सन्देश प्रकाशन र प्रसारण गर्ने तथा बिरामीलाई फलफुल वितरणजस्ता क्रियाकलाप गरि दिवस मनाईने रेडक्रसले जनाएको छ ।

विश्वभर रेडक्रसका १ करोड ३७ लाख स्वयंसेवकहरुले कोभिड १९ को पूर्वतयारी र प्रतिकार्य लगायतका काम गर्दै आएको रेडक्रसले जनाएको छ ।

नेपाल रेड क्रस सोसाइटीका अध्यक्ष संजीव थापा, नेपालमा रहेको रेडक्रसको अन्तर्रा्ष्ट्रिय महासङ्घको कार्यालय प्रमुख हर्भे गाजेउ र रेड क्रसको अन्तर्रा्ष्ट्रिय समितिको नेपाल मिसन प्रमुख जेरोम इम्स्टेम्फले ऐक्यबद्धतामा भिडियो सन्देशमार्फत् स्वयंसेवक, रक्तदाता, सहयोगी सबैलाई ताली बजाएर आभार व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button