प्रदेश २ मा कोरोना नियन्त्रणका लागि २ अर्ब



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि


आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत दुई अर्ब रकम निकासा गरेको छ । चालू आर्थिक वर्ष २०७६र७७ मा प्रदेश सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार बजेट विनियोजन गरे संगै कोरोना रोकथाम तथा नियन्त्रणका लागि रु दुई अर्ब निकासा गरी सो रकम खर्च गरीरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले बताए ।

उनका अनुसार कोरोना रोकथाम तथा नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालय अन्तर्गत रु ८६ करोड र आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई रु १० करोड ४५ लाख पठाईएको छ । यसैगरी लकडाउन प्रभावितलाई राहत बाँड्न उद्योग, पर्यटन तथा वन मन्त्रालयलाई रु ३३ करोड ७० लाख र भूमि व्यवस्था तथा कृषि मन्त्रालयलाई रु ३६ करोड निकासा गरेको छ ।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई रु एक करोड तथा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको चार वटा डिभिजनलाई रु २५–२५ लाखका दरले पैसा पठाइएको बताईएको छ ।
कोभिड कोषबाट धनुषाको नगराइन नगरपालिकाको गङ्गुलीस्थित क्वारेन्टाइन मर्मतसम्भारका लागि नेपाली सेनालाई रु ५० लाख प्रदेश सरकारले उपलब्ध गराएको छ । प्रदेश सरकारले स्थापना गरेको कोभिड–१९ कोषमा रु २५ करोड जम्मा भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
यसैगरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई औषधि, उपकरण र क्षमता अभिवृद्धिका लागि कोषबाट रु १० लाख दिइएको छ ।

कोरोना रोकथाम, नियन्त्रण, उपचारका लागि खटिने स्वास्थ्यकर्मी, कर्मचारी, सवारी चालक, पत्रकारलगायत व्यक्तिहरुको ज्यान गएमा रु ५० लाख क्षतिपूर्ति दिने निर्णय प्रदेश सरकारले गरिसकेको छ ।

कोरोना सङ्क्रमणको जोखिमका हिसाबले प्रदेश २ लाई सबैभन्दा बढी संवेदनशील मानिएको छ । भारतसँगको खुला सीमा र वैदेशिक रोजगारमा जानेहरुको सङ्ख्या प्रदेश २ बाटै बढी भएकाले यस प्रदेशलाई उच्च जोखिमका रूपमा हेरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button