काेराेना कहर २ लाख  ६५ हजार ५१  जना  मानिसकाे मृत्यू



४ महिना अघि   चिनकाे हुवान प्रान्तबाट   फैलिएकाे   कोरोना भाइरसको महामारीबाट बिहिबार बिहान   सम्म    वल्डअाेमिटरकाे  तथ्याङ्क अनुसार ३८ लाख २१ हजार  ९ सय १७ मानिस संक्रमित भएका छन् । जसमध्ये नयाँ संक्रमित २ हजार  सय ७४ देखिएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । अमेरिकामा सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा बढी छ ।


अमेरिकामा मात्रै १२ लाख ६३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ७४ हजार सात सयभन्दा धेरैको ज्यान गएको छ । अहिलेसम्म दुई लाख १२ हजार नौ सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

स्पेनमा दुई लाख ५३ हजार ६ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २५ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ । एक लाख ५९ हजार तीन सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

इटलीमा दुई लाख १४ हजार चार सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २९ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ । ९३ हजार दुई सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

बेलायतमा दुई लाख एक हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ३० हजारभन्दा धेरैको ज्यान गएको छ । उपचारपछि निको भएकाको सङ्ख्या खुलाइएको छैन ।

त्यस्तै फ्रान्समा एक लाख ७४ हजार एक सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २५ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ । ५३ हजार नौ सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

भारतमा ५० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक हजार सात सयभन्दा धेरैको ज्यान गएको छ । १५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

विश्वकाे २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट मृत्यू हुनेभन्दा  स्वास्थ्य लाभ गरी घर फर्कने उल्लेख मात्रमा रहेकाे छ ।  संक्रमणमा परेका १३ लाख १ हजार ७ सय २५ जना  मानिस स्वस्थ्य लाभ गरी घर फर्किसकेका छन् ।

२२ लाख ५५ हजार १४१ संक्रमितको विभिन्न अस्पतालमा उपचार भैरहेकाे छ ।  त्यसमध्ये ४८  हजार २ सय ११ को अवस्था गम्भीर रहेको छ  भने बाँकीको  अवस्था मध्यम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button