राहतमा भ्रष्टाचारको आरोप, बिरोधमा कार्यालय घेराउ



बर्दिबास, महोत्तरी
लकडाउन लागू भएसँगै स्थानीय सरकार मार्फत दैनिक ज्लादारी र विपन्नको लागि वितरण भइरहेको राहतमा भ्रष्टाचार खबर सामान्य जस्तै बन्दै गएको छ ।


यस्तै भएको छ । महोत्तरीको सम्सी गाउँपालिकामा । नेकपाबाट निर्वाचित मेयर शेख फारुखले विपन्नको नाउँमा आएको राहत सामग्रीमा भ्रष्टाचार गरेको स्थानीयले आरोप लगाएको छ ।

विभिन्न कार्यमा आर्थिक हिनामिना गर्दै आएका मेयर र उपमेयरले राहत वितरणमा पनि भ्रष्टाचार गरेपछि आक्रोशित भएका स्थानीय बासीले ‘भ्रष्टाचारीलाई कार्वाही गर’, ‘सरकारले छुट्टयाइएको राहत वितरण गर’ जस्ता नारा लगाउँदै सम्सी गाउँपालिकाको कार्यालय घेराउ समेत गरेका थिए । उनीहरुले जबसम्म लकडाउन प्रभावित व्यक्तिहरुलाई सरकारबाट आएको राहत वितरण हुँदैन तबसम्म आन्दोलनको कार्यक्रम जारी रहने बताएका छन् ।

गाउँपालिका प्रमुख फारुखले अन्य पार्टीका पार्टी प्रतिनिधीले सहयोग नगरेकाले वितरणका लागि ल्याइएको राहत सामग्र वितरण ढिलाई भएको बताएका छन् । गाउँपालिकाको प्रत्येक वडालाइ १०–१० लाख रुपयाँ राहत स्वरुप छुट्टयाइएको छ । त्यस रकमबाट केही वडाले राहत बाँडिएको छ ।

यसरी समयमै राहत वितरण नहुँदा दैनिक ज्यालादारी गर्ने गरिब तथा विपन्न परिवारहरु भोकै बस्नु पर्ने बाध्यता आइपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button