काेराेना भाइरस : विश्वभर साँढे २ लाखकाे मृत्यू

अमेरिका पछि इटालीमा मर्नेकाे संख्या धेरै छ इटालीमा २९ हजार मानिसकाे काेराेनाबाट मृत्यू भैसकेकाे छ । इटाली पछि मृत्यूदर बढि भएकाे देशहरू क्रमश ः बेलायत २८ हजार, फ्रान्स र स्पेनमा २५/२५ हजार जनाको ज्यान गएको छ ।
छिमेकी मुलुक भारतमा कोरोनाबाट १५ सय ५० भन्दा धरैकाे ज्यान गएकाे छ , भने त्यहाँ पछिल्लो २४ घण्टामा १ सय ५० भन्दा बढिकाे ज्यान गएकाे छ । त्यसैगरी गत २४ घण्टामा ३ हजार ९ सयभन्दा धेरै काेराेनाका नयाँ बिरामी थपिएका छन् । भारतमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या ४६ हजार ४ सय ३० नाँघेकाे छ ।
नेपालमा ७५ जनामा कोरोना सङ्क्रमण भएकोमा १६ जना निको भएका छन् भने ५९ जना काेराेनाका बिरामीले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।