सालीसँग सल्केको श्रीमानले गरे श्रीमतीको हत्या



विजय साह
धनुषाको लालगढमा सालीसँग विवाह गर्न श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।


धनुषाको मिथिला नगरपालिका वडा नं.९ लालभित्ति बस्ने बर्ष २८ को हरि चौहानलाई आफ्नै श्रीमती बर्ष २३ की बिना चौहान लामाको हत्या अभियोगमा ईलाका प्रहरी कार्यालय ढल्केवरले पक्राउ गरेको हो ।

ईप्रका ढल्केवरका प्रहरी निरीक्षक तिर्थकुमार कार्कीले चौहानको आफ्नै साली आशा लामासँग प्रेम सम्बन्ध रहेको र सालीसँग विवाह गर्न श्रीमती बाधक बनेकाले हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

प्रनि काकाले श्रीमति लामाको शव समेत बरामद गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ ।
हिजो आइतबार बिनु लामाका पिता पदम बहादुर लामाले आफ्नो छोरीको हुलियासहितको विवरण उल्लेख गरी गत बिहिबारबाट हराइरहेको भनी ईप्रका ढल्केवरमा निवेदन जाहेर गरीपछि खोजतलास तथा अनुसन्धान गर्दै जाँदा राति १० बजेतिर लालगढस्थित सामुदायिक वनको मगरी खोल्सामा गाडेको अवस्थामा बिनाको शव बरामद भएको थियो । बिनुलाई उनकै श्रीमान चौहानले गत बिहिबार नै घाँटीमा सलले बेरर हत्या गरी गाडेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button