समाजसेवी साहले विपन्नका लागि राहत सामग्री वडा अध्यक्षलाई हस्तान्त्ररण गरे



ढल्केवर (धनुषा)
धनुषाको मिथिला नगरपालिका वडा नं. १ लक्ष्मिनिवासका एक समाजसेवीले जारी लकडाउनबाट प्रभावित भएका अति विपन्न व्यक्तिका लागि वडा कार्यालयलाई राहत सामग्री हस्तान्त्ररण गरेको छ ।


सोमबार स्थानीय समाजसेवी धनपति साहले मिनपा वडा नं. १ का वडा अध्यक्ष लक्ष्मी महतोलाई लकडाउन प्रभावित व्यक्तिका लागि ल्याएका राहत सामग्री हस्तान्त्ररण गरेका हुन् ।

समाजसेवी साहले वडा कार्यालयलाई हस्तान्त्ररण गरेको राहत सामग्रीमा ५ क्वीन्टल चामल, ५० किलो दाल, ५० केलो प्याज, १ सय किलो आलु, ५० पोका खानेतेल र ५० पोका नुन रहेको छ ।

राहत सामग्री हस्तान्त्ररण गर्दै समाजसेवी साहले यस वडामा दैनिक ज्यालादारी गरेर साँझ बिहान हातमुख जोर्ने मजदुर र विपन्न समुदायलाई तत्काललाई राहत स्वरुप खाद्यन्य सहयोग गरेको छु । यो कुनै राजनीति स्वार्थको लागि नभई समाजमा मानवीयताको हिसाबले केही दिनलाई पुग्नेगरी स्वस्फुर्त तरिकाले व्यक्तिगत सहयोग गरेको बताए ।
वडा अध्यक्ष महतोले प्राप्त खाद्यन्य सामग्री वास्तविक विपन्नको पहिचान गरी वितरण गरिने बताउँदै राहत सामग्री उपलब्ध गराएका समाजसेवी साहलाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।

विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाईरस सक्रमण रोकथामको लागि जारी लकडाउनका कारण दैनिक ज्यालादारी गर्नेे मजदुर र विपन्न व्यक्तिहरु बढि प्रभावित भएको छ । वडा स्तरबाट यस अघि ३ सय ५० भन्दा बढी त्यस्ता घरपरिवारलाई राहत स्वरुप खाद्यन्य सामग्री उपलब्ध गराइसकेको वडा अध्यक्ष महतोले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button