सर्लाहीका मिटरब्याजी रामबाबु राय यादव धराैटी रकम बुझाएर रिहा



मिटरब्याजीमा रकम गठी गरेर अकुत सम्पति  आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरणको अनुसन्धानका ब्युराेले  पक्राउ  गरेकाे सर्लाहीका रामबाबु राय यादव १ करोड ७५ लाख रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)काे हिरासतमा रहेका साहुकार रामबाबु  धराैटीमा छुटेका हुन् ।   विश्वव्यापी माहामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस काेभिड १९ काे कारण कसुरकाे मात्रा हेरी धराैटीमा छुट्न सक्ने कैदीलाइ धराैटी लिएर छुटाउने  सकिने नीतिअनुसार विभागले राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य समेत रहेका यादवलाइ रिहा गरेकाे हाे ।
उनीसंग  १ करोड ७५ लाख रुपैयाँ  वा साेही बराबरको जायजेथा धरौटी  माग गरिएकाे थियाे उनले साेही हनुसार  सर्लाहीकै जग्गाजमिन धितोमा राखेर छुटेका हुन् ।

प्रहरीले यादवलाई २८ जना संग  २० करोड ४० लाख रुपैयाँभन्दा   बढि रकम ठगी गरेकाे   अभियोगमा २०७६ पुस २३ गते सर्लाहीको हरिपुर बाट पक्राउ गरेको थियो। त्यसबेला उनलाइ अदालतले १५ लाख रुपैयाँ मात्रै धरौटी बुझाएर  थुनामुक्त गर्न जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको थियो ।


अदालतले आदेश दिएलगत्तै यादव विरूद्ध सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत २०७६ फागुन ५ गते   सर्लाहीकै अदालत परिषरबाट पुनः पक्राउ गरेको थियो । 

सर्लाहीको बरहथवा १० का रामबाबु राय र ब्रहमपुरीका सञ्जय साह रौनियारले ऋण दिएबापत साेझासाझा गरीबहरूकाे  जग्गा बन्धकी राख्नेमात्र होइन, रजिस्ट्रेसन नै पास गरेर लिने गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button