काेराेना कहर ः साेमबार बिहान सम्म ३५ लाख ६२ हजार २ सय ६९ जना मानिस संक्रमित

माहामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट हालसम्म २ लाख ४८ हजार बढिकाे मृत्यु भएको छ ।याे समाचार तयार पार्दा सम्म कोरोना भाइरसको संक्रमणका कारण २ लाख ४८ हजार १सय ७ जनाको मृत्यु भैसकेकाे छ ।
चिनकाे हुवान प्रान्तबाट ४ महिना अगाडीदेखि फैलिएकाे कोरोना भाइरसको महामारीबाट साेमबार बिहान सम्म ३५ लाख ६२ हजार २ सय ६९ जना मानिस संक्रमित भएका छन् । जसमध्ये ११ लाख ५३ हजार ७१ जना उपचारपछि स्वस्थ्य लाभ गरी घर फर्किसकेका छन् ,
सबैभन्दा धेरै कोरोना सङ्क्रमितकाे संख्या अमेरिकामा रहेकाे छ । त्यहाँ झण्डै १२ लाख जना सङ्क्रमित छन्, जससमध्ये ६८ हजारभन्दा धेरैको ज्यान गइसकेकाे छ । र त्यहाँ झण्डै १८ हजार जना मानिस उपचारपछि निको भएका छन् ।
भारतमा कोरोना सङ्क्रमित ४२ हजार पाँच सयमध्ये ११ हजार सात सयभन्दा धेरै उपचारपछि निको भएका छन् । भारतमा हालसम्म एक हजार तीन सय ५० भन्दा धेरैकाे ज्यान गएकाे छ ।