शिक्षामन्त्री  पोखरेलद्वारा महोत्तरीका पाँच स्वास्थ्य केन्द्रमा     स्वास्थ्य सामाग्री हस्तान्तरण



शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले हिजाे महाेत्तरी जिल्लाकाे पाँचवटा प्राथमिक स्वास्थ्य केन्द्रमा  अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

बर्दिवास नगरपालिका–३ स्थित आफ्नै निवास  आधारशीलामा उक्त सामाग्री  हस्तान्तरण गर्दै पाेखरेलले सामग्री जिल्लाकाे गौशाला, रामगोपालपुर, पिपरा, लोहारपट्टी र सम्सीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका लागि भएको स्पष्ट्ए ।


दक्ष चिकित्सक रहने प्राथमिक स्वास्थ्य केन्द्रमा  आफूले हस्तान्तरण गरेकाे  सामग्री निकै उपयोगी हुने बताए ।

वितरण गरिएका सामग्रीमा पञ्जा १० हजार थान, सर्जिकल मास्क १८ हजार थान, पञ्जा १० हजार थान, पिपिई ७५ थान, थर्मलगन छ थान, लाइफब्वाय साबुन २५२ वटा, थर्मोमिटर १५ थान, सुजकभर ५० थान, फेसलाइट ५० थान र स्यानिटाइजर १०० लिटर रहेको छ । यसबाहेक पनि बर्दिवास अस्पताललाई  उपकरण प्रदान गरिएको थियाे  ।

त्यसैगरी मन्त्री पोखरेलले १५ श्ययाको अस्पताल सञ्चालनका लागि बर्दिवास अस्पताल भेन्टिलेटरसहितका उपकरण र अन्य स्वास्थ्य सामग्री बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्की र कोभिड–१९ सँगसम्बन्धित सुरक्षा प्रबन्धका सामग्री गौशाला तथा भङ्गाह नगरपालिकाका नगरप्रमुख शिवनाथ महतो र सञ्जिवकुमार साहलाई हस्तान्तरण गरे ।

हस्तान्तरण गरिएका सामग्री स्वास्थ्य सेवा विभाग र वेभ ट्रेण्ड कन्सर्न, निक साइमन, साझा सहकारी संस्थासहितका सामाजिक सङ्घसंस्था र व्यक्तिगत तवरले सन्तोष दाहालसहितबाट प्राप्त भएका मन्त्री पोखरेलले जानकारी दिए ।

प्राप्त सामग्री आवश्यकताका आधारमा स्वास्थ्य केन्द्र र क्वारेन्टाइन केन्द्रमा पु-याइने खत्रीको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button