महोत्तरीमा बलात्कारका दुइ आरोपी पक्राउ,अदालतबाट म्याद थप गरी अनुसन्धान हुंदै



महोत्तरीमा दुइ छुट्टा छुट्टै घटनामा बालिका बलात्कार गर्ने दुइ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिवास नगरपालिका वडा नं.१४ वस्ने कमल प्रसाद पौडेल र रमेश पासवान रहेका छन् ।


पौडेलले गत चैत्र ७ गते दिउंसो २ बजेको समयमा आफ्नै किराना पसलमा ११ वर्षकी बालिकालाई ललाई फकाई पैसा दिन्छु भनि प्रलोभनमा पारेर रु.१०को नोट दिई जबरजस्तीकरणी गरेका थिए ।

पौडेलको नाममा बैशाख १७ गते बलात्कार गरेको जाहेरी प्राप्त हुनासाथ उनलाई प्रहरीले सोही दिन पक्राउ गरिएको थियो ।
अर्को बलात्कारको घटनाका आरोपी बर्दिबास नगरपालिका वडा नं. १२ बस्ने बैजु पासवानको छोरा अन्दाजी २० ं वर्षका रमेश पासवान रहेका छन् ।

पासवानले बर्दिबास नगरपालिका वडा नं १३ मा रहेको नथुनी महतोको उखु घारीमा १६वर्षकी बालिकालाई विवाहको प्रलोभन देखाई जबरजस्तीकरणी गरेका थिए । पासवानको विरुद्धमा बैशाख १७ गते प्रहरीमा उजुरी परेपछि उनलाइ पनि सोही दिन पक्राउ गरिएको थियो ।

बलात्कारको आरोपमा पक्राउ परेका कमल पौडेल र रमेश पासवानलाई करणी सम्बन्धी कसुर उधोग मुद्धामा अदालतबाट म्यादथप गराइ अनुसन्धान भैरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button