महोत्तरीमा थप २ काे मृत्यू , मृतककाे संख्या ११ पुग्याे



महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएकाे बस्तीमा अज्ञात रोगले मर्ने मृतकको संख्या   शनिबार सम्म ११ पुगेको छ ।  शनिबार थप दुइजनाकाे मृत्यू भएपछि मृतककाे संख्या ११ पुगेकाे हाे । 

 मृत्यू  हुनेमा   बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या ११ पुगेको  छ ।

उक्त स्थानमा  गत मंगलबारदेखि शनिबार सम्म ११ जनाकाे ज्यान गएकाे हाे ।  मृत्यु भएकाहरू बर्दिवास–१२ का चार जना, भङ्गाहा–७ का छ जना र भङ्गाहा–६ कै १  जना रहेका  छन् ।  यि तीनै वडाका बस्ती एकअर्कासँग जोडिएका छन् ।


स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट शनिबार डा. अमृत पोखरेल र विश्व स्वास्थ्य सङ्गठनका डा सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली  बस्तीमा पुगेको थियाे ।

टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको छ ।

मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव (सिताई) महराको शव परीक्षण गरिएको छ । परीक्षण रिपोर्ट आएपछि मृत्युको कारणबारे यकिन हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

यसैबीच जिल्ला प्रहरी कार्यालयले मृतकमध्ये दुईको कोभिड–१९ संक्रमण परीक्षण गर्न  स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि प्रयोगशाला पठाएकाे जनाएकाे छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button