कोरोना  कहर : मृत्यु हुनेको संख्या दुईलाख ४४ हजार नाँध्याे 



चिनकाे हुवान प्रान्तबाट  ४ महिना अगाडीदेखि  फैलिएकाे   कोरोना भाइरसको महामारीबाट  आइतबार  बिहान सम्म ३४ लाख ७९ हजार  ५ सय २१ मानिस संक्रमित भएका छन् ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट मृत्यू हुनेभन्दा  उपचार गरी घर फर्किनेकाे संख्या  उल्लेख्य रहेकाे छ ।

संक्रमणमा परेका ११ लाख ८ हजार २३ जना  मानिस स्वस्थ्य लाभ गरी घर फर्किसकेका छन् ।

२० लाख ७६ हजार संक्रमितको उपचार भइरहेको छ, त्यसमध्ये ५० हजार ८६४ को अवस्था गम्भीर रहेको छ  भने बाँकीको  अवस्था मध्यम रहेको छ ।

त्यसैगरी  भारतमा पनि संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या साढे ३९ हजार हुँदा मृत्यु हुनेको संख्या एकहजार ३२३ भएको  छ ।

त्यसैगरी नेपालमा ५९ जना काेराेनाका बिरामी भेटिएका छन्, जसमध्ये १६ जना उपचार पछि घर फर्किएका छन् अन्यकाे विभिन्न अस्पतालमा उपचार भैरहेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button